काठमाडौँ । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा अडिएको छ।
अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा अडिएको थियो। सो दिन ७ अर्ब ९७ करोड बराबर मूल्यको सेयर कारोबार भएको थियो।
यसदिन ३१३ स्क्रिप्सको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता सेयर ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिभर फल्स र पियोर इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।







