२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज भन्सार कार्यालय राजस्व संकलन: पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

अ+ अ-

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको १० महिनाको अवधिमा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट रु. ६४ अर्ब ५० करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयात गर्नका लागि रु. एक खर्ब ५५ अर्ब ९४ करोड रकम खर्चिएको छ ।  आयातबाट प्राप्त कूल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने ४६ दशमलव २६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने यहाँको भन्सारको मुख्य राजस्वको स्रोत नै पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको बताए ।

त्यस्तै दोस्रो धेरै राजस्व भने यातायात साधन र तिनका पार्ट पूजा आयातबाट रु. १५ अर्ब २४ करोड रकम प्राप्त गरेको छ । त्यस्तै आयातबाट प्राप्त राजस्वमा यातायातको साधन र पार्टपुर्जाको हिस्सा भने १० दशमलव ९३  प्रतिशत रहेको छ ।

त्यस्तै फलाम तथा फलामबाट बनेका सामानबाट भने पाँच अर्ब २५ करोड राजस्व संकलन गरेको छ । मेसिनरी तथा पार्टपुर्जा आयातबाट भने चार अर्ब ५५ करोड राजस्व संकलन गरेको छ । त्यस्तै इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जा आयातबाट तीन अर्ब ३७ करोड राजस्व संकलन गरेको छ । चालु आवकै १० महिनामा सबै प्रकारका कपडा आयातबाट भने दुई अर्ब ८७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै  सुर्ती र सुर्तीजन्य पदार्थको आयातबाट भने दुई अर्ब २३ करोड राजस्व संकलन गरेको छ । शृंगारका सामान आयातबाट भने दुई अर्ब २२ करोड राजस्व संकलन गरेको छ ।