२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिसनपुर क्षेत्रका गाउँहरू नदी कटानको जोखिममा

अ+ अ-

 उदयपुर । दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका-१२ स्थित बिसनपुर क्षेत्रका केही गाउँहरू नदी कटान र डुबानको उच्च जोखिममा परेको छ ।

बिसनपुरको तल्लो क्षेत्र र त्यसभन्दा माथिका अन्य गाउँहरूमा यसअघि नै तटबन्धन निर्माण भइसकेको भए पनि बिसनपुरकै हरितपार्क क्षेत्र, निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रंगशालासहित त्रिवेणी बाल केन्द्रका स्थानहरू अहिले नदी कटान र डुबानको उच्च जोखिममा परेको स्थानीय सुकलदेव चौधरी बताउँछन् ।

त्रियुगा नदी तटबन्धन कार्यालयले बिसनपुर क्षेत्रको हरितपार्कसहितका स्थानहरू बाहेकको नदी तटीय क्षेत्रहरूमा यसअघि नै तटबन्धन निर्माण गरिसकेको तर बीचको गाउँ क्षेत्रमा निर्माण गर्ने भनेर छाडेको र निर्माण नगरेका कारण अहिले वर्षा लाग्नासाथ नदी कटान र डुबानको खतरामा परेको अर्का स्थानीय कुलबहादुर कार्की बताउँछन् ।

यस विषयमा त्रियुगा नगरपालिका-१२ का वडाध्यक्ष नवीन राईका अनुसार नगरपालिकामा यस विषयमा आफूले समस्या राखेको र समाधानका लागि तत्काल पहल गर्नेतर्फ नगरपालिकाको ध्यानाकर्षण गराइको वडाध्यक्ष राईले बताए।

यस विषयमा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले भने, “बिसनपुरको हरितकण सहितका केही क्षेत्र र गाउँहरूमा त्रियुगा नदी तटबन्धन कार्यालयले केही काम गर्दै गरेको भए पनि समयमा काम नभइरहेको छ, हामी नगरपालिकाको विपद् व्यवस्थापनको बैठक बसेर यसका लागि तत्काल नियन्त्रणबारे छलफल गरेर कदम अगाडि बढाउनेछौँ ।”

हाल त्रियुगा नदीको पानीको बहाव बढ्दै जान थालेको र यस क्षेत्रमा अहिलेसम्म पनि तटबन्धन निर्माण नभएका कारण गाउँ क्षेत्रमा नदी प्रवेश गरेमा डुबान हुनसक्ने र कटान पनि हुन सक्ने उच्च जोखिम बढेको स्थानीय वासीहरूले बताउँदै आएका छन् ।