२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश प्रज्ञा-प्रतिष्ठान विधेयक सभासमक्ष टेबुल

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश प्रज्ञा-प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभासमक्ष टेबुल गरिएको छ ।

प्रदेश सभाको छैटौँ अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङको अनुमतिअनुसार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले ‘कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११२ को उपनियम ३ बमोजिम सभासमक्ष प्रज्ञा-प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरेका हुन् । 

कर्णाली प्रदेशभित्रको भाषा, लिपि, कला, साहित्य, लोकसंस्कृति, लोकगाथा, लोकवार्ता र संगीतको अध्ययन, अनुसन्धान संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले मन्त्रालयले उक्त विधेयक ल्याएको हो ।

त्यसैगरी, सभामुखको अनुमतिसँगै कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहीले प्रदेशसभा नियमावली २०८१ को नियम ११४ को खण्ड ‘क’ बमोजिम ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गरे । विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभाका सांसद भीमप्रकाश शर्मा, कल्याणी खड्का र कलबहादुर हमालले भाग लिए।

सभामुख गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ को नियम ११७ बमोजिम उक्त विधेयकमा संशोधनको सूचना पेस गर्न चाहनुहुने सांसदका लागि ७२ घण्टाको समयसीमा प्रारम्भ भएको जानकारी गराए । प्रदेशसभा सांसद पूर्णबहादुर खत्रीले आकस्मिक समयमा समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । 

सभाको अर्को बैठक आगामी असार १ गते आइतबार दिउँसो ३ बजे बस्नेछ ।