२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने-‘नेपालको नयाँ पिँढी जिनियस छ’

अ+ अ-

काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिँढी जिनियस रहेको बताएका छन् । उनले फरक-फरक क्षेत्रमा नयाँ पीढीले अब्बलता प्रदर्शन गरिरहेको बताए ।

‘नेपालका नयाँ पिँढी प्रतिभाशाली रहेको र फरक-फरक क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहेकोमा खुसी लागेको छ,’ राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘रुचिको विषय पढ्ने वातावरण बने नयाँ पिँढी अझै जिनियस हुने देखेको छु । बालबालिकालाई डाक्टरै, इञ्जिनियरै पढ् भनेर जबरजस्ती गर्नुभएन । उनको रुचिअनुसारको पढाइको वातावरण मिलाउनुपर्छ । रुचिको विषय पढे प्रतिभा देखाउन सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानसँगै मेहनत गरे जीवनलाई सफल र उचाइमा पुर्‍याउन सकिने बताए । उनले रुचिअनुसारको पढाइको वातावरण नभए मात्र अन्य ठाउँमा पढ्न जानुपर्ने बताए ।

‘पूर्वी दर्शन सिद्धान्तका आधारित रहेकाले नेपालमा अध्ययन–अध्यापन र शास्त्रार्थको इतिहास पुरानो र गौरवपूर्ण छ,’ प्रधानमन्त्री ओलीले भने,‘विद्वत्, ज्ञान र दर्शनको छलफल हुने थलो हो, नेपाल । त्यसैले अनुभूति, अनुभवको सँगालोले नै ज्ञानको भण्डार प्राप्त हुन्छ ।’

मधेश प्रदेशका मुख्यमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेशका छोरीहरू शिक्षामा पनि अब्बल रहेको दीक्षान्त समारोहले पुष्टि गरेको बताए । उनले १० जना उत्कृष्ट विद्यार्थीमा ६ जना छात्राले ट्रिपल मेडलु जित्नु नै छोरीहरइ पढाइमा पनि उत्कृष्ट रहेको बताएका छन् ।