२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दलहरूमा रहेको विश्वासको संकट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुन आवश्यक छ’: पूर्वराष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूमा रहेको विश्वासको संकट चिर्दै राष्ट्रिय मुद्दामा एकताबद्ध हुनुपर्ने बताएकी छन् । 

कोशी प्रदेश भ्रमण सकेर आज काठमाडौँ फर्कने क्रममा विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मुद्दामा सबै पार्टीहरूबीच छलफल गरी एकताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् । 

पूर्वराष्ट्रपति भण्डारीले वर्तमान शासन प्रणालीप्रति जनता सन्तुष्ट रहेको चर्चा गर्दै अब विकासको आकांक्षालाई पूरा गरी आर्थिक समृद्धितर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताइन्। 

सञ्चारकर्मीको जिज्ञासामा उनले आफ्नो कोशी प्रदेश भ्रमण राजनीतिक उद्देश्यले नभएको बताइन् । विराटनगरमा भएको पालिकास्तरीय उपप्रमुख र उपाध्यक्षको राष्ट्रिय सम्मेलन र झापामा विद्यार्थीको विज्ञान प्रदर्शनीमा सहभागी हुन आफू यहाँ आएको प्रष्ट पारिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफू विगतमा प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएको र राष्ट्रपति बनाएको पार्टीप्रति हाल पनि आस्था रहेको धारणा राखिन् । उनले आफू कहिले पनि कुनै गुटबन्दीमा नरहेको बताउँदै मुलुकको समृद्धि कायम गर्नेतर्फ मुख्य ध्यान रहेको बताइन् । 

पूर्वराष्ट्रपति भण्डारीले विगतमा भएका एकता टिकाउ नभएका उदाहरण स्मरण गर्दै मुलुकमा वाम एकता हुनेतर्फ विश्वास नरहेको चर्चा गरिन्।