काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ ।
अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिएको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिएका छन् ।
मास्के टेलिकमको प्रमुख प्राविधिक अधिकृत हुन् ।







