२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेश भट्टराईको दाबी-‘भिजिट भिसा प्रकरणको छलफलमा एमाले काँग्रेससँगै छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा सत्ता साझेदार दुई मुख्य दल नेकपा एमाले र नेपाली काँग्रेस सँगसँगै छलफलमा भएको बताएका छन् ।

बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विपक्षी दलहरूले ल्याएको सहमतिको बुँदामा काँग्रेस र एमाले सँगै रहेको बताए ।

‘मिड प्वाइन्ट आइसकेको छ । माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र समाजवादीको बीचमा दुई बुँदे प्रस्ताव जुन माओवादीकै साथीहरूले ड्राफ्ट गरेर पठाउनुभएको थियो,’ भट्टराईले भने, ‘त्यसमा भावनात्मक हिसाबले त्यही ठाउँमा छौँ भनेका छौँ । त्यो मिड पोइन्ट हो ।’

भिजिट भिसा प्रकरणमा विपक्षीले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् । तर, राजीनामा नदिने गृहमन्त्रीको अडानपछि सत्ता र विपक्षी दलहरू सहमतिको विन्दु खोज्दै निरन्तर वार्ता गरिरहेका छन् ।

यसैबीच, एमालेले छलफलमा भाग नलिएको र आफूहरूलाई पनि छलफलको निम्तो नदिएको भन्दै रास्वपा नेताहरूले गुनासो गरेका थिए ।

अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने उनले बताए ।