२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

अ+ अ-

काठमाडौँ । बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन् । 

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उनको भनाइ छ ।

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए। पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ती सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै ढोरपाटन नगरपालिका पनि पूर्ण खोप घोषणा भएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समूहका ४५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भूमिश्वर शर्माले बताए । 

गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत र वैशाख महिनामा नौ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उनको भनाइ छ ।

जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए । पालिकामा छ वटा स्वास्थ्य संस्था रहेको र ती सबैबाट खोप सेवा दिइरहेको उनको भनाइ छ । 

बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका १३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५०९ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा पदमबहादुर पुन:जानकारी दिए । गाउँपालिकाभर १० वटा स्वास्थ्य संस्था छन् ती सबैबाट बालबालिकालाई खोप दिने गरेको उनको भनाइ छ ।

त्यस्तै जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना र १६ देखि २४ महिना उमेर समूहका ११४ जना बालबालिकालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका छ वटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताए । सुरुमा सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको उनको भनाइ छ । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाले सबै खोपको मात्रा पूरा गरेको छन्त्याल बताउन् । 

काठेखोला गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका २२७ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका २०७ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताए ।

जिल्लाको निसीखोला गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४५२ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३७६ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख जुनी घर्ती मगरले बताइन् ।

बडिगाड गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४४० जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३५५ जना बालबालिकाले पूर्णखोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीले जानकारी दिए । पालिकाभरका बडिगाडमा १५ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिने गरिएको उनको भनाइ छ ।

यही जेठ ३० गते बागलुङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए। जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न तयारी भइरहेको उनको भनाइ छ ।