२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणमा लिखित प्रतिबद्धताका लागि काँग्रेस-एमाले तयार

अ+ अ-

काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेस तयार भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए संसद् खोल्न तयार रहेको बताएका थिए ।

सोही अनुसार नेकपा एमाले र काँग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

सो छलफलमा लिखित प्रतिबद्धता जाहेर गर्ने काँग्रेस र एमालेका प्रमुख सचेतकहरूले बताएको स्रोतले जानकारी दिएको छ ।

प्रतिपक्षी दलहरूको प्रस्तावमा सत्ता पक्षले छलफल गर्नुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक साढे ५ बजेसम्मका लागि सरेको छ ।