काठमाडौँ । अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।
केहीबेर अघि मतदान सकिएको हो । मतदान सकिएसँगै आजै केहीबेरमा मतगणना सुरु हुने निर्वाचन समितिले बताएको छ ।
कीर्तिपुरमा जारी सम्मेलनमा १५४१ प्रतिनिधि सहभागी छन् । अनेरास्ववियुको अध्यक्ष पदमा प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा छ ।
दुवै जना प्यानल सहित मैदानमा छन् । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका छन् ।







