काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको छ ।
शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।








