काठमाडौँ । सुनुवार (कोइँच) भाषाको गीत ‘टुङ्ना ताप्स्यो’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा अमरदीप सुनुवारको रचना, रामकुमार पौडेलको संगीत र कल्पना सुनुवारले स्वर दिएका छन् । पौडेलको संगीत रहेको उक्त गीतमा सुजन सुनुवार, कल्पना सुनुवारलगायत अन्य कलाकारहरूको अभिनय रहेको छ।
निर्माण पी.आर. प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई गीतकार अमरदीप सुनुवार स्वयंले निर्माण गरेको यस भिडियोको निर्देशन पनि उनी आफैले निर्देशन गरेका छन्। उक्त गीत किङ्स स्टुडियोमा रेकर्ड भएको हो भने छायांकन सनम तामाङले गरेका छन्।
भिडियोले सुनुवार जातिको परम्परागत पोसाक तथा साँस्कृतिलाई देखाइएको छ। भिडियोमा सुनुवार युवा-युवतीहरू बजारमा भेटघाट भई नाचगान गरेको कथा देख्न सकिन्छ।







