२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्राप्त अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्न मधेशी समुदाय एकजुट हुनुपर्छ’ : मन्त्री सुडी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् । 

सुडी समाज काठमाडौँ, महिला उपसमितिले आज यहाँ आयोजना गरेको ‘स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी नि:शुल्क प्रशिक्षण’ कार्यक्रममा उनले पहिलेको तुलनामा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायत राज्यका सबैजसो संरचनामा मधेशी समुदायको सहभागिता बढ्दै गएको उल्लेख गर्दै थप अधिकार प्राप्तिका लागि एकीकृत हुँदै संयुक्त रूपमा लाग्नुपर्ने बताए ।

मन्त्री सुडीले भने, “मधेशमा भएको लामो संघर्ष र बलिदानबाट मधेशी समुदायले कतिपय हकअधिकार प्राप्त गरेका छन्, नीति निर्माण तहमा पनि सहभागिता बढ्दै गएको छ । तर अझै धेरै महत्त्वपूर्ण अधिकार प्राप्त हुन नसकेको अवस्थामा ती अधिकार प्राप्त गर्न समुदाय एकजुट हुनु जरुरी छ ।” 

सुडी समाजको विकास, उत्थान र उन्नतिका लागि समुदायका सबै जहाँ भए पनि एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री सुडीले राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा सबल र सशक्त समाज निर्माणका लागि समाजले मार्गदर्शकका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री तथा प्रतिनिधिसभाका सांसद जुलीकुमारी महतोले मधेशी महिलाको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिकसँगै समग्र विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिए। 

सुडी समाज काठमाडौँका अध्यक्ष शीतलप्रसाद महतोले महिलामा हुने स्तन र पाठेघरको क्यान्सरबारे सचेतना जगाउने उद्देश्यले समाजले ‘क्यान्सरका लक्षण र उपचारबारे डाक्टर संवाद’ कार्यक्रम आयोजना गरेको जानकारी दिए ।