२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेन र रुसबीच थप युद्धबन्दी आदानप्रदान

अ+ अ-

किएभ । युक्रेन र रुसले यसै महिनाको सुरुमा इस्तानबुलमा भएको सम्झौताअनुसार थप युद्धबन्दीको आदानप्रदान गरेका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी हाम्रा मानिसहरूलाई रुसी कैदबाट बाहिर निकालिरहेका छौँ। यो एक हप्तामा चौथो आदानप्रदान हो ।” 

यसैगरी रुसी रक्षा मन्त्रालयले टेलिग्राममा भनेको छ, “रुस–युक्रेन सम्झौताअनुसार रुसी सैनिकहरूको अर्को समूहलाई किएभ प्रशासनको नियन्त्रणमा रहेको क्षेत्रबाट फिर्ता गरिएको छ ।” 

आदानप्रदान अन्तर्गत किएभले रुसबाट एक हजार २०० अज्ञात व्यक्तिहरूको शव प्राप्त गरेको पनि बताएको छ । रुसले इस्तानबुल सम्झौताको एक भागको रूपमा ती शवहरू हस्तान्तरण गरेको र ती ‘युक्रेनी सैन्य कर्मीसहित नागरिकहरूको भएको“ दाबी गरेको छ।

युक्रेनले रुसलाई कुनै शव फिर्ता गर्ने वा नगर्ने भन्नेबारे केही बताएको छैन ।

टेलिग्राममा जेलेन्स्कीले पोष्ट गरेको तस्बिरमा ती शवहरू विभिन्न उमेरका पुरुषहरू, प्रायजसो मुण्डन गरिएका, छद्म भेषधारण गरेका र युक्रेनी झण्डामा लपेटिएका व्यक्तिको रूपमा देखाइएको छ।

बन्दीको आदानप्रदान अन्तर्गत स्वदेश फर्केका युक्रेनीहरूले आफूले स्वदेश फर्की आफन्त भेट्दा कोही बलिन्द्रधारा आँशु चुहाएर रोए, कोही बसबाट ओर्लेर स्वागत गर्नेहरूलाई अँगालो हाले वा कसैलाई फोन गरेर बेलाबेला अनुहार छोपेर मुसुक्क हाँसेको देखिन्थ्यो।

मस्कोको रक्षा मन्त्रालयले सार्वजनिक गरेको आफ्नै भिडियामा रुसी झण्डा बोकेका व्यक्तिहरूले ताली बजाएर ‘रुस, रुस’, ‘रुसको महिमा’,  ‘हुरे’ भन्दै खुशियाली व्यक्त गर्दै नारा लगाएका थिए ।

रुसले पटक–पटक युद्ध विरामको आह्वानलाई अस्वीकार गरेको र अग्रपङ्क्तिमा र विशेष गरी उत्तरपूर्वी सुमी क्षेत्रमा आक्रमण तीव्र पारेपछि यो आदानप्रदान भएको हो, जहाँ उसले आफ्नो कुस्र्क क्षेत्रको सुरक्षाका लागि ‘मध्यवर्ती क्षेत्र (बफर जोन)स्थापना गर्न खोजेको छ । उक्त क्षेत्र पहिले युक्रेनको आंशिक कब्जामा गएको थियो । 

जेलेन्स्कीले सुमीमाथि रुसको अग्रगमन रोकेको दाबी गर्दै किएभको सेनाले एउटा गाउँ पुनः कब्जा गर्न सफल भएको बताए ।

युक्रेनी राष्ट्रपतिका अनुसार रुसले सुमी कारबाहीमा ५३ हजार सेना तथा लडाकुको प्रयोग गरेको थियो ।