काठमाडौँ । राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतवार बस्ने भएको छ।
बैठकमा गत जेठ १५ गतेदेखि भएको आन्दोलनको समीक्षा, आगामी आन्दोलनको स्वरूप र तयारीबारे पार्टीको कार्य योजना, भूमिका र धारणा बारेमा छलफल हुने बताइएको छ ।
साथै बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढीकरणका बारेमा पनि छलफल हुनेछ। बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको आवश्यकता र औचित्य तथा राप्रपा नेपालको भूमिकाका बारेमा धारणा राख्ने त्यसमा छलफल हुने कार्यसूची रहेको छ।







