२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर पौडेलले भने-‘वित्तीय क्षेत्रका प्रभावकारी नीति र व्यवस्थामा ठुलो परिवर्तन हुँदैन’

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंक गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले वित्तीय क्षेत्रमा प्रभावकारी नीति तथा व्यवस्थामा ठुलो परिवर्तन नगरी निरन्तरता दिने बताएका छन् ।

उनले प्रभावकारी नीतिलाई निरन्तरता दिने र आवश्यक परेको ठाउँमा मात्रै सुधार गर्ने बताएका हुन् ।

नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नवनियुक्त गभर्नरको स्वागत र निवर्तमानको बिदाइ’ कार्यक्रममा पौडेलले बैंकिङ क्षेत्रको प्रभावकारिता र समग्र अर्थतन्त्रमा स्थायित्वका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

गभर्नर पौडेलले आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्ने बताए । नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजान आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

कार्यक्रममा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समय स्मरण गर्दै कठिन अवस्थामा पनि बैंकहरूले देखाएको सफल नेतृत्वका लागि धन्यवाद दिए । महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम भएको अधिकारीले बताए ।

अधिकारीले आफ्नो कार्यकालको अनुभव र सिकाइ साट्दै विगतका केही निर्णय कठिन भए पनि दीर्घकालीन सुधारका लागि आवश्यक भएको बताए । नेपालको बैंकिङ क्षेत्रले विगतका गल्तीबाट सिक्दै भविष्यमा दोहोरिन नदिनेतर्फ सतर्क हुन अधिकारीले सुझाए ।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नवनियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरूको उपस्थिति थियो ।