२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाको चुनौती-‘यो छानबिनको मुद्दा नै होइन, काँग्रेसले हामी सधैँ मान्छे बेचिरहन चाहन्छौँ भनोस्’

अ+ अ-

काठमाडौँ। रास्वपाका प्रवक्ता मनिष झाले नागरिकता, शिक्षा, निजामतीलगायतका विधेयक समयको आवश्यकता भन्दै त्यसमा आफूहरूको राजनीतिक समर्थन हुने बताएका छन् ।

प्रतिनिधि सभा बैठक स्थगित भएपछि सदनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भिजिट भिसाको आवरणमा १८ वर्षदेखि जनता ठगिरहेको विषयमा छानबिन हुनुपर्ने अडान सुनाए ।

उनले सदनमा एक जना उभिए पनि विरोध मानिएर अगाडि चलाउन नहुने अहिलेको गृहमन्त्रीले आफू विपक्षीमा हुँदा भनेको कुरा स्मरण गराए ।

उनले काँग्रेसलाई लक्षित गर्दै भने, ‘त्यही विधेयक ल्याउने गृहमन्त्रीले गत वर्ष यही सदनमा उभिएर भन्नुभएको होइन ? एक जना प्रतिपक्ष उभिए पनि विरोध मानिनेछ सदन अगाडि नबढाइयोस् भनेर उहाँले नै बोल्नुभएको थियो । कि त्यो तर्क उहाँको लागि मात्रै थियो रु? अरूको लागि होइन भन्नुपर्‍यो ।’

उनले काँग्रेसलाई भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको मुद्दा नै होइन भनेर भन्न चुनौती दिए ।

उनले भने, ‘कि हाम्रो लागि यो मुद्दा नै होइन, हाम्रो प्राथमिकता नै अर्कै छ । हामी मान्छे बेचिरहन चाहन्छौँ सधैँ भन्नुपर्‍यो । त्यसैले विधेयकहरूको महत्त्व बुझेर राजनीतिक समर्थन गर्छौँ ।’

उनले भिजिट भिसाको आवरणमा भएको मानव तस्करीको आवश्यक छानबिन र दोषीलाई कारबाही हुनुपर्ने अडान दोहोर्‍याए ।