२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माडी नगरपालिकाले गर्‍यो प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध

अ+ अ-

चितवन । माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औँ कार्यपालिका बैठकले वातावरण प्रदूषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका कारण वातावरणदेखि मानव स्वास्थ्यमा समेत प्रभाव पारेकाले यसलाई रोक लगाएको हो । उनले भने “प्लाष्टिकजन्य वस्तु रोक लगाउँदा वातावरण स्वच्छ र हराभरा देखिन्छ ।”

उद्योग वाणिज्य संघ माडी शाखासँगका सहकार्यमा प्लाष्टिकजन्य वस्तुमा रोक लगाएको उनले बताए । उनले भने, “यस क्षेत्रमा प्लाष्टिकजन्य वस्तुको प्रयोग अत्याधिक भएकाले प्रतिबन्ध लगाउनु राम्रो काम हो ।”

बैठकले निर्णय गरेसँगै आकस्मिक अनुगमनदेखि समुदायमा सचेतना जगाउने लगायतका काम सुरु गरिएको उनले बताए । उनले भने “प्लाष्टिकजन्य झोला सहित गिलास र अन्य सामग्रीमा रोक लगाएका छौ ।” वातावरण प्रदूषण नियन्त्रणसँगै समाजलाई यसको प्रयोगले हुने हानीका बारेमा नगरपालिकाले जानकारी गराउन लागेको छ ।

प्लाष्टिकको गिलासमा चिया बिक्री वितरण गर्ने र प्लाष्टिका सामग्री प्रयोग गर्ने गर्दा फोहोर व्यवस्थापनमा समेत समस्या भएकाले यसलाई रोकिएको उनले बताए । अहिले प्लाष्टिकजन्य वस्तु रोक्नका लागि संयुक्त अनुगमन सहितका कामहरू भइरहेको छ ।

नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले माडीलाई प्लाष्टिकमुक्त नगरपालिका घोषणा गर्न लागिएको बताए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले घेरिएको पालिका भएकाले प्लाष्टिकले वन्यजन्तुसँगै मानव स्वास्थ्यमा समेत असर गर्ने देखिएकाले प्लाष्टिकजन्य झोला र अन्य वस्तुहरूमा रोक लगाउन खोजिएको हो ।

प्लाष्टिकजन्य वस्तुले जमिनको उर्वराशक्तिमा समेत ह्रास ल्याउने हुँदा यसले माडीको इको प्रणालीमा समेत असर गर्ने देखेर रोक लगाएको उनले बताए ।