२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री गुरुङको दाबी-‘नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण’

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको बताउँदै उनले नेपाल दक्षिण एसियामा सार्वजनिक सेवा प्रसारण ऐन कार्यान्वयन गर्ने अग्रणी देशमध्ये रहेको दाबी गरेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि कुनै क्षेत्र समावेशी छ भने सञ्चार र सूचना प्रविधि क्षेत्र मात्रै हो,’ उनले भने ।

सार्वजनिक सेवा प्रसारण ऐन बन्ने क्रममा रहँदा नै गोरखापत्र दैनिकमा ४५ भाषामा अतिरिक्त समाचार सामग्री प्रकाशित भइरहेको बताए ।

उनले रेडियो नेपालबाट २५ वटा नेपाली भाषामा समाचार प्रसारण भइरहेको र राष्ट्रिय समाचार समितिले मैथिली र नेपाल भाषामा समाचार समेटिसकेको जानकारी दिए ।

उनले चाँडै तामाङ भाषामा पनि समाचार शुरु गर्ने बताउँदै नेपालमा बोलिने सबै भाषाको रासस बनाउने लक्ष्य रहेको जिकिर गरेका छन् ।