२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्री गुरुङसँग युनेस्कोका नेपाल प्रतिनिधिको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का नेपाल प्रतिनिधि ज्याको डु टोइटबीच शिष्टाचार भेट गरेका छन्।

सञ्चार मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङसँग युनेस्कोका प्रतिनिधि टेइटले डिजिटल नेपाल फ्रेमवर्क र मन्त्रालयले ल्याउन थालेका विभिन्न विधेयकबारे जिज्ञासा राखेका थिए।

मन्त्री गुरुङले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले देशको सामाजिक सद्भाव, राष्ट्रिय एकता, सार्वभौममा आँच आउने खालका अभिव्यक्ति सिर्जना भएको हुँदा यसलाई व्यवस्थित गर्न सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा टेबल गरिएको बताए। उनले नेपाललाई डिजिटल साक्षर बनाउने, आइटी क्षेत्रमा विकास गर्ने डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने राष्ट्रिय नीति रहेको बताए।

युनेस्कोका नेपाल प्रतिनिधि टोइटले नेपालको डिजिटल फेमवर्कको उद्देश्य साकार पार्न युनेस्को सधैँ सहकार्य गर्न तत्पर रहेको प्रतिबद्धता दिए। उनले पछिल्लो समय सामाजिक सञ्जालको सही प्रयोग कसरी गर्ने भन्नेबारे युवादेखि सबै प्रयोगकर्तालाई साक्षरता आवश्यक रहेकोमा सहमत व्यक्त गरे।

प्रमुख डिजिटल रूपान्तरण र मिडिया विकास पहलमा सहकार्यलाई बढवा दिने उद्देश्यले गरिएको उक्त बैठकमा मन्त्रालयका सचिव राधिका अर्याल, आइसिटी डिभिजनका सहसचिव आदेश खड्का र मन्त्रीका आइसिटी सल्लाहकार डा शालिग्राम पराजुली र युनेस्कोका सञ्चार प्रमुख निर्जना शर्मालगायत व्यक्तित्वको सहभागिता थियो।