२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान

अ+ अ-

भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे)संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो ।

रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ ।

रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र महाभिर वाल्वानी सामुदायिक वनमा आठ हजार मालिङ्गो बिरुवा रोपन गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि यी क्षेत्रमा तीन वटा ठूला पोखरीसमेत निर्माण गरिएको उनको भनाइ छ ।

गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित रु १३ लाख ३० लागत बराबरको काम सम्पन्न भएको अधिकृत अधिकारीले जानकारी दिए ।

“हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणको लागि काम गरिरहेका छौँ”, उनले भने, “रेड पान्डाको मुख्य आहार मालिङ्गो (बाँस प्रजाति) को आठ हजार बिरुवा रोपन गरेका छौँ । रेड पान्डा नेटवर्कसँगको सहकार्यमा रेड पान्डाको संरक्षण गरिरहेका छौँ । रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरुवा रोपन गरिएको हो ।”

राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना, एकदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको अधिकारीले जानकारी दिए ।

मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ । रेड पान्डाको वासस्थन संरक्षणको लागि विशेष रूपमा जोड दिएको छ । यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामुदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए । यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उनको भनाइ छ ।

“हामीले रेड पान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भने, “यहाँ रेड पान्डा फेला परेको अवस्था छ । संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ । स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्नको लागि आवश्यक काम गरिरहेका छौँ ।”

रेड पान्डाको सुरक्षाको लागि घुम्ती गस्ती गर्न तालिम दिएर सात वटा समूहलाई परिचालन गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । स्थानीयवासीले रेड पान्डाको अवस्थाको जानकारीसँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने उनले जानकारी दिए । साथै पारिश्रमिक दिएर दुई जना वन अभिभावकसमेत नियुक्त गरिएको अध्यक्ष श्रेष्ठले बताए । वन अभिभावकले हेरालु समूहको परिचालनसँगै यहाँको रेड पान्डाको विषयमा समय/समयमा अध्यावधिक गराउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

आगलागी व्यवस्थापनका लागि तालिम, दिगो जीविकोपार्जनको सम्भाव्यता अध्ययनलगायतका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । रेड पान्डाको चारी, सिकारी तथा हानिनोक्सानीबाट बचाउन गाउँपालिकाले आवश्यक भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । रेड पान्डालाई यहाँको पर्यटनसँग जोडेर भावी दिनका योजना अघि बढाइने उनको भनाइ छ ।

टेम्केमैयङ गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा रेड पान्डाको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । रेड पान्डा पाइने क्षेत्रलाई रेड पान्डा जोनको रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।