काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेपाल र नेपालको राजनीति नेतृत्व बुझ्नै नसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको जलश्रोतको सही उपयोग गरेर नेपाली जनतालाई छिटो समृद्ध बनाउन सकिने भए पनि नेतृत्वको कार्यशैली ठिक नभएको बताए ।
‘अब जलस्रोत नीतिले देश बन्ने भयो भनेको, टेक एण्ड पे अरे ! तैँले बना आवश्यक परे किनौला रे ! बैङ्कले कहाँबाट लगानी गर्छ? के हो के हो ? सोचाई के हो ? चिन्तन के हो ? बुझाई के हो ? इमानदारिता के हो ? मैले यो देश बुझ्नै सकिनँ, यहाँको नेतृत्व बुझ्नै सकिनँ ।’
उनले जलस्रोत मन्त्रीले २८ हजार मेगावाट बिजुली निकाल्ने प्रस्ताव सकारात्मक भए पनि नेपालका नेताहरूले सरकारको नीतिबाट विदेशमा भएका नेपालीहरूले पनि स्वदेश फर्केर पैसा कमाउन सक्छन् भनेर कुनै नेताले भाषण नगरेको बताए ।







