२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो ‘देश भ्रष्टाचारको म्युजियम बन्दैछ’

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असिम शाहले नेपाल भ्रष्टाचारको म्युजियम बन्न लागेको भन्दै संसदमा चिन्ता व्यक्त गरेका छन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै रास्वपाले निरन्तर संसद विरोध गर्दै आएको छ । सभामुख देवराज घिमिरेले रास्वपा सांसद शाहलाई बोल्न समय दिएका थिए ।

‘कहिले भुटानी शरणार्थीको भेषमा आफ्नै देशको नागरिक बेच्छ । कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा पचाउँछ,’ भिजिट भिसा प्रकरणमा बोल्ने क्रममा शाहले भने,‘कहिले क्विन्टलका क्विन्टल सुनलाई ‘बिस्कुट’ भनेर भित्र्याउँछ । कहिले वाइडबडी उडाउने नाममा राज्यको ढुकुटी उडाउँछ । कहिले एयरपोर्ट बनाउने नाममा भ्रष्टाचारको ओलम्पिकमा नयाँ कीर्तिमान कायम गर्छ।’

‘बेस्ट-सेलर’ सूचीमा नयाँ अध्यायको रूपमा ‘भिजिट भिसा काण्ड’ आएको उनले बताए । एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको शाहले बताए ।

‘सिन्डिकेटको ‘प्रोडक्ट क्याटलग’ पनि गजबकै छ । यो सामान्य ठगी होइन । यो हजारौँ नेपाली युवाको सपना, परिवारको सम्पत्ति र सिंगो भविष्यमाथिको सुनियोजित डकैती हो,’ शाहले भने,‘यस्तो मुद्दामा तत्काल निष्पक्ष छानबिन नगरेर सरकार मूकदर्शक बन्दा देशमा सरकार होइन, सर्कस चलिरहेको छ जस्तो लाग्छ।’

हालका गृहमन्त्री रमेश लेखकले मन्त्रीमाथि प्रश्न उठे, नैतिकताको आधारमा राजीनामा दिनुपर्ने संसदमा बताएको स्मरण गराउँदै शाहले उनीमाथि त्यही प्रश्न उठेको बताए । गृहमन्त्रीप्रति संकेत गर्दै भने, ‘अब उपदेश होइन, आचरण देखाउने समय हो। नत्र इतिहासले तपाईँलाई ‘काफिला लुटिँदा मौन बस्ने कायर रहबर’ का रूपमा सम्झिनेछ ।’