काठमाडौँ । लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृत स्तर छैटौँ) शंकर प्रसाद सुवेदीसहित ३ जना जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी गरी/गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।







