२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिनौँदेखि सचिवविहीन पर्यटन मन्त्रालय, श्रेष्ठलाई कार्यवाहक सचिवको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिवविहीन बनेको छ । चालु आर्थिक वर्षको अन्त्यमा योजना र बजेट निर्माणको महत्त्वपूर्ण चरणमा मन्त्रालय सचिवविहीन भएपछि प्रशासनिक कामकारबाही प्रभावित भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक महिनाअघि रिक्त भएको उक्त मन्त्रालयमा अहिलेसम्म सचिव नियुक्त नगर्दा विभिन्न कामहरू रोकिएका छन् । जसका कारण चालु आर्थिक वर्षभित्र भुक्तानी गर्नुपर्ने खर्चसमेत अड्किएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठका अनुसार, बिहीबारदेखि शेर बहादुर श्रेष्ठलाई कार्यवाहक (का.मु.) प्रदेश सचिवको जिम्मेवारी दिइएको छ । उनले भने, “केही समयदेखि यहाँ कार्यरत कर्मचारीहरूले तलबसमेत पाउन सकेका थिएनन् । अन्य प्रशासनिक कामहरूसमेत प्रभावित भएका थिए । त्यसैले आजदेखि श्रेष्ठलाई कार्यवाहक सचिवको जिम्मेवारी दिइएको हो ।”

जेष्ठ ११ गते सचिव दीर्घनारायण कोइरालाको सरुवापछि मन्त्रालय सचिवविहीन भएको थियो । नयाँ सचिव नआउँदा चालु आर्थिक वर्षको योजना र बजेट कार्यान्वयनमा समस्या देखिएको छ भने आगामी वर्षको बजेट निर्माणसमेत प्रभावित भएको मन्त्रालय स्रोतले जनाएको छ ।