२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा डेंगी संक्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु

अ+ अ-

बनियानी (झापा) । गत वैशाखयता जिल्लामा डेङ्गी सङ्क्रमण बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । गत वैशाखदेखि असार १३ गतेसम्म जिल्लामा ६१ जनामा डेंगी सङ्क्रमण देखा परेको हो ।

बिर्तामोड नगरपालिकाअन्तर्गत स्वास्थ्य शाखाका महामारीजन्य रोग नियन्त्रण रोकथाम कार्यक्रम संयोजक ओम खड्काका अनुसार बिर्तामोडमा ५४, दमक नगरपालिकामा एक र गौराहद नगरपालिकामा छ सङ्क्रमित फेला परेका हुन् ।

“बिर्तामोडमा डेङ्गी सङ्क्रमण उच्च देखिएको छ”, उनले भने, “यहाँ अन्य जिल्लाबाट उपचारका लागि आउने बिरामीको परीक्षण गर्दा सङ्क्रमण दर उच्च देखिएको हो ।” जिल्लामा चालु आर्थिक वर्षको असार १३ गतेसम्म एक हजार दुई सय ९१ जना डेङ्गी सङ्क्रमित फेला परेका खड्काले जानकारी दिए।  

यसैबीच, डेंगी सङ्क्रमण बढ्न थालेको भन्दै बिर्तामोडमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । नगरपालिकाको सहभालहमा आज ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सरोकार भएकासँग अभिमुखीकरण’ कार्यक्रम आयोजना गरी उक्त अभियानको सुरुआत गरिएको हो ।

नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्र सङ्ग्रौलाले अभियानको शुभारम्भ गर्दै रोग लाग्नुभन्दा लाग्न नदिने वातावरण सिर्जना गर्न सबैले सहकार्य र समन्वय गरी सचेत हुनुपर्ने बताए। नगर क्षेत्रमा रहेका सहकारी, बैंकलगायत संघसंस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत महामारीजन्य रोग नियन्त्रण सहकार्य गर्न उनले सबैलाई आग्रह गरे । 

बिर्ता बजार क्षेत्रमा रहेका मोटरसाइकल ग्यारेज, पसललगायत सम्भावित स्थानमा गएर लार्भा नष्ट गरिएको छ । अभिमुखीकरण कार्यक्रममा नगरका १० वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई महामारीजन्य रोग नियन्त्रणका लागि ‘पोर्टेबल महामारी किट’ वितरण गरिएको नगर उपप्रमुखसमेत रहेका सङ्ग्रौलाले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा नगरका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अजय पौडेलले प्रस्तुतीकरण दिँदै मनसुन सुरु भएसँगै किटजन्य महामारीको सङ्क्रमण उच्च हुने भएकाले सम्भावित जोखिमबाट बच्न सबै सचेत हुनुपर्ने बताए ।

“अन्य किटभन्दा लामखुट्टेको जोखिम बढी छ”, उनले भने, “छ प्रकारका रोग लामखुट्टेले सार्छ, यसको समयमा नियन्त्रण गर्न सकिएन भने छोटो समयमा महामारीका रूपमा फैलिन सक्छ ।” बिर्तामोडमा पाँच वर्षयता मलेरिया नदेखिएको जनाउँदै जनस्वास्थ्य निरीक्षक पौडेलले कालाजार र जापानिज इन्सेफ्लाइटिसका बिरामी एक/एक जना भेटिएका उल्लेख गरे । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर विष्टले जलवायु परिवर्तनका कारण डेंगी सङ्क्रमण पुसमा देखिएकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै लाग्नुपर्ने आवश्यकता रहेको औँल्याए । 

पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले डेङ्गी नियन्त्रणका लागि विद्यालयस्तरबाट अभियान सञ्चालन गरेर विद्यार्थी र अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिए।

के हो डेङ्गी ?

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी एक प्रकारको ज्वरो हो । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ । डेङ्गीको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । 

“ज्वरोका साथै असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा माङ्सापेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्नेलगायतका लक्षण देखा पर्न सक्छन्”, जनस्वास्थ्य निरीक्षक पौडेलले भने । यस्ता लक्षण देखापरेमा तत्काल चिकित्सकको सल्लाह लिई स्वास्थ्य परीक्षण गर्नुपर्ने उनले सुझाव दिए ।