२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व अनुसन्धान विभागका महानिर्देशकको अवकाश, विवादमै बित्यो कार्यकाल

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरे अवकाश भएका छन् । ४० वर्ष २ महिना ६ दिन निजामती सेवामा बिताएका घिमिरे आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

२०८१ भदौ ७ मा महानिर्देशक नियुक्त भएका घिमिरेको १० महिने कार्यकाल कमजोर र विवादास्पद रह्यो । संयोगवश, उनकै कार्यकालमा रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सिफारिसअनुसार मन्त्रिपरिषद्ले २०८२ जेठ ६ मा राजस्व अनुसन्धान विभाग खारेज गर्ने निर्णय गर्‍यो ।

घिमिरेको कार्यकालमा विभागको कार्यशैलीमाथि सांसदहरूले संसदमा नै प्रश्न उठाए । भेप, चिनियाँ लसुनको ठूलो परिमाण र केही अनुसन्धानका विषयले व्यापक विवाद सिर्जना भयो । बिवाइडीलगायत कैयन् फर्महरूको विषयमा राजश्व अनुसन्धान विभागको नाम मुछियो । कतिपय अनुसन्धान अघि बढेनन् र अघि बढाइएकाहरू पनि विवादमुक्त रहेनन् ।

केही विवादित पूर्वमहानिर्देशकहरुको सल्लाहअनुसार सीमित इन्ट्रेष्ट ग्रुपबाट उनको कार्यकाल अलि बढी नै प्रभावित हुन पुगेको विभागकै एक अधिकारी बताउँछन् । 

पछिल्लो समय राजस्व अनुसन्धान विभागलाई कर्मचारीहरूको कमाइको स्रोत बनाइएको भन्दै आलोचना हुने गरेको छ । महानिर्देशक पदका लागि ठूलो चलखेल हुने गरेको र विगतका महानिर्देशकहरूको कार्यकालले यो कुरा पुष्टि गर्ने देखिन्छ ।