२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ मा संघीय लोकतान्त्रिक मोर्चाले नाउपालाई सघाउने

अ+ अ-

काठमाडौँ । मधेश केन्द्रित सात दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौँसहित ६ स्थानमा सभा गर्ने भएको छ ।

लाजिम्पाटस्थित एक होटेलमा बसेको मोर्चाको बैठकले देशका ६ स्थानमा सभा गर्ने निर्णय गरेको जनमत पार्टीका प्रवक्ता डा. शरद यादवले बताए ।

उनका अनुसार मोर्चाले साउन १७ गते काठमाडौं, २१ गते भैरहवा, २३ गते कैलाली, भदौ १६ गते विराटनगर, १८ गते जनकपुर र २० गते वीरगन्जमा सभा आयोजना गर्नेछ ।

बैठकले मोर्चाको कार्यविधि पनि पारित गरेको छ। रुपन्देही ३ को उपनिर्वाचनमा मिलेर जानेमा सबै दल एकमत रहेको उनले बताए ।

उनले भने, ‘मिलेर जानुपर्छ भन्नेमा सबै दल एक ठाउँमा छौँ। अब कुन पार्टीबाट उम्मेदवारी दिने भन्ने निष्कर्षमा पुगेका छैनौँ। अहिले छलफल सुरु भएको छ। बिस्तारै निष्कर्षमा पुगिएला ।’

त्यहाँ नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले दाबी गरेका छन्। मोर्चाको बैठकमा सहभागी एक नेताले नाउपाको उम्मेदवारलाई सघाउने सहमति जुट्ने दाबी गरे ।

नाउपाका संरक्षक रेशम चौधरीले यसअघि कै बैठकमा आफ्नो पार्टीले गएको निर्वाचनमा राम्रो मत ल्याएको भन्दै दाबी पेस गरेका थिए ।

गएको निर्वाचनमा समानुपातिकतर्फ नाउपाले ६ हजार १०, जसपा नेपालले ५ हजार २९१, लोसपाले ५ हजार ५३ र जनमतले ३ हजार ७३२ मत ल्याएका थिए ।