काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनमा रहेका प्रधानमन्त्री ओली र इजिप्टका प्रधानमन्त्री कमाल माडबुलीसँग आज द्विपक्षीय भेटवार्ता भएको हो ।







