२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’-माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सम्पूर्ण श्रमजीवी जनताको समतामूलक समृद्धिका लागि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् ।

पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै उनले देशको राजनीतिमा विभिन्न कम्युनिष्ट पार्टीमा बढ्दै गइरहेका अन्तरविरोधलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आवश्यक रहेको बताएका हुन् ।

विश्व परिवेशमा कम्युनिष्ट आन्दोलन कमजोर भएको समयमा नेपाली जनताले कम्युनिष्ट पार्टीलाई अनुमोदन गरेको बताउँदै अध्यक्ष नेपालले देशको धरातलीय यथार्थ सापेक्ष कार्यनीतिक कार्यदिशाका कारण नेपाली समाजको रूपान्तरणका लागि कम्युनिष्ट आदर्श तथा विचारको विकास सम्भव भएको उल्लेख गरे ।

विभिन्न समूहमा छरिएका वामपन्थी शक्तिलाई एकीकृत गरी बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि प्रयास भइरहेको बताउँदै उनले सामाजिक न्याय, समानता, आर्थिक विकासको लक्ष्य हासिल गर्न कम्युनिष्टहरूले वर्गीय शोषण, उत्पीडन विभेदको अन्त्यका लागि क्रियाशील हुनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुल वादी समाज, पूर्ण लोकतान्त्रिक अधिकार, जनताको समतामूलक समृद्धि, सामन्तवादको अन्त्य र शोषित, पीडित जनताको आर्थिक विकासका लागि एकीकृत समाजवादीको स्थापना भएको विश्वास व्यक्त गरे ।

मुलुकमा भ्रष्टाचारका कारण आर्थिक तथा सामाजिक रूपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उनले आफ्नो पार्टी मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। 

राजनीतिक अधिकारसहितको पूर्ण नागरिक स्वतन्त्रता, लेख्न, बोल्न पाउने अधिकारका लागि आफूले लामो संघर्ष गरेको स्मरण गर्दै अध्यक्ष नेपालले राजनीतिक षड्यन्त्रका कारण अहिले आफूलाई भ्रष्टाचारको मुद्दा दायर गरिएको बताए । उनले आफूले कहिले पनि अनियमितता नगरेकाले अदालतबाट न्याय प्राप्त गर्ने विचार व्यक्त गरे ।