२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२५ पुग्यो अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या

अ+ अ-

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यको दक्षिण-मध्य क्षेत्रमा शुक्रबार बिहान अचानक आएको बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ । 

स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार सो बाढीमा परी अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ग्वाडालुपे नदीको किनारमा रहेको एक ग्रीष्मकालीन बाल शिविरमा सहभागी भएका २३ भन्दा बढी बालिका अझै सम्पर्कमा आउन सकेका छैनन् ।

केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमार्फत जनाएअनुसार थप व्यक्तिहरू हराइरहेका हुनसक्ने भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना छ ।

टेक्सास राज्यका उपराज्य प्रमुख ड्यान प्याट्रिकका अनुसार मृत्यु हुनेहरूमा केही बालबालिका पनि परेका छन् । उनले बताएअनुसार ग्वाडालुपे नदीको पानीको सतह एकै चोटि २६ फिट (करिब ८ मिटर)ले बढेपछि शिविरमा सहभागी करिब ७५० बालिकामध्ये २३ जति अझै सम्पर्कविहीन छन् ।

शिविरका प्रमुखले पठाएको सन्देश अनुसार बाढीका कारण त्यहाँ पानी, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।