२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ तथा नेपाल पत्रकार महासंघद्वारा आज काठमाडौँमा आयोजित अन्तरक्रिया एवं तनाव व्यवस्थापन कार्यक्रममा वक्ताहरूले यस्तो जोड दिएका हुन् ।

कार्यक्रममा चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले कम मूल्यमा प्रभावकारी सेवा प्रदान हुने आयुर्वेद उपचार पद्धतिलाई उपचारका लागि पहिलो रोजाइमा पर्ने गरी विकास गरिनुपर्ने बताएका हुन् ।

“एलोपेथिक उपचार पद्धतिभन्दा आयुर्वेद सस्तो, प्रभावकारी र लाभदायक छ, तर यस क्षेत्रमा राज्यको ध्यान पुगेको छैन र पर्याप्त बजेट व्यवस्थापन गर्न सकिएको छैन । सञ्चारमाध्यमले यसको प्रभावकारिताका लागि व्यवहारिक अभ्याससहित पक्षपोषण र सचेतनाका लागि जोड दिनुपर्छ”,  उनले भने ।

आयुर्वेदिक डा. महेश्वर भट्टले स्वास्थ्य समाजका लागि मानिसको मानसिक स्वास्थ्य महत्त्वपूर्ण हुने भन्दै मानसिक रूपमा स्वास्थ्य रहने व्यक्तिको सोचाइ सधैँ सकारात्मक हुने धारणा राखे । उनले तनावका कारण हुने समस्या, तनाव व्यवस्थापन गर्ने विधि र उपायबारे जानकारी गराए । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता शाहले आयुर्वेदिक चिकित्सा उपचार पद्धतिले नेपालीलाई सबल, सक्षम र निरोगी बनाउन सकिने भन्दै यसको प्रचारप्रसार र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिइन्। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जीव शुभचिन्तक, कार्यसमिति सदस्य उमा शर्मालगायतले पत्रकारहरूको काम गर्ने समयको असीमितता र अनिश्चितताका कारण तनाव अत्यधिक हुने भन्दै यस्ता कार्यक्रमले त्यसको व्यवस्थापनमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। 

चिकित्सालय काठमाडौँले चालु आर्थिक वर्षमा २३ हजार ८२३ जनालाई पञ्चकर्म, शल्यक्रिया, योग, ज्येष्ठ नागरिक सेवा, स्तनपायी आमाको सेवा, अकुपन्चर, फिजियोथेरापीलगायत सेवा प्रदान गरेको डा. चन्द्रवली शाहले जानकारी दिए । चिकित्सालयको आफ्नै जग्गा तथा भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ आवश्यक जनशक्ति दरबन्दीको अभावमा कार्य सञ्चालनमा समस्या भइरहेको उनको भनाइ थियो ।