काठमाडौँ । मुस्लिम समुदायको महान् मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत पर्ने सामुदायिक, निजी तथा धार्मिक विद्यालयहरू आइतबार बन्द हुने भएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाबाट जारी सूचनामा विद्यालयहरूमा आज पठनपाठन बन्द हुने जानकारी दिएको हो ।
मुस्लिम समुदायको पर्व मोहर्रम परेकाले उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरू एक दिनका लागि बन्द गरिने सूचनामा उल्लेख गरेको छ ।








