२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलको विषयमा चाँडै स्पष्ट जवाफ पेश गर्न माग गरेको छ ।

छानबिन समितिको आइतबार क्यानलाई पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म एनपीएलको दोस्रो संस्करणसँग जोडिने कुनै पनि काम नगर्न निर्देशन दिएको छ ।

यसअघि पनि छानबिन कार्यदलले क्यानलाई पत्र लेख्दै विभिन्न विषयमा स्पष्ट जवाफ माग गरेको थियो । यसपटक भने छानबिन कार्यदलले क्यानलाई कडा भाषामा पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको स्पष्ट जवाफ पेश गर्न छानबिनमा सहयोग गर्न भनेको छ । साथै उक्त छानबिन कार्य नटुंगीएसम्म एनपीएल सम्बन्धी कुनै काम नगर्नु नगराउनु भनेर भनेको छ ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी यस कार्यदलले प्रतिवेदन पेश गरी यस कार्यदलले प्रतिवेदन पेस गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिगसम्बन्धी कुनै कार्य नगर्नू नगराउनू हुन समेत जानकारी गराइन्छ,’ छानबिन कार्यदलले क्यानलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

छानबिन कार्यदलले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गरी पछिल्लो पत्र पठाएको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रूपमा सफल भए पनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसाबकिताब समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।