२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागजिनको ‘बेस्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ। यो अवार्डसँगै बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्सले २०२४ मा पनि बैंकलाई यो सम्मान प्रदान गरेको थियो।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवा विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक बनेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यो सम्मानले थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहन मिलेको बताउँदै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय, सेयरधनी, कर्मचारी र ग्राहकवर्गप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

ग्लोबल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया–प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य तथा पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको छ। यो अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो।

ग्लोबल फाइनान्सले सन् २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्गलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायत विश्वभरका विभिन्न बैंकलाई विभिन्न विधामा सम्मान गरेको छ।

ग्राहकको आवश्यकता र समयसान्दर्भिक नवीन सेवाहरू प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकलाई यो सम्मानले आगामी दिनमा रचनात्मक र ग्राहकमैत्री सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

यसअघि पनि ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’, ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ वटा एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाका अतिरिक्त संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।