काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन पार्किङ एरियाबाट अवैध लागू औषध कोकिन ३ किलो ४ सय ग्रामसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुम्बई महाराष्ट्र घर भएका ४९ वर्षीय बिदुस समद जमाल मन्सुरी रहेका छन् ।
लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरीले कतार एयरवेजको उडानद्वार अजरबैजानबाट बुधबार दिउँसो पक्राउ गरेको हो । प्रहरीका अनुसार काठमाडौँ आएका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त लागू औषध फेला परेको हो ।
हाल उनलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







