काठमाडौँ । सर्लाहीको विष्णु गाउँपालिका-७, दुल्वा टोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
शनिबार बिहान करेन्ट लागेर २६ वर्षीय कपलेश्वर रायको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतमा विद्युतीय मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका रायको प्रादेशिक अस्पताल, मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







