२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी महसुलमा लगाइएको आयकर मिनाहा गर्न माग

अ+ अ-

काठमाडौँ । खानेपानी जस्तो अत्यावश्यक वस्तुमा पनि कर लगाइएको भन्दै सो कर छुट गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले माग गरेको छ। 

नेपालको संविधान र संयुक्त राष्ट्रसंघको महासभाले मौलिक हकका रूपमा स्थापित गरेको खानेपानीमा कर लगाउनु मुनासिब नभएको भन्दै महासंघले सो व्यवस्था हटाउन माग गरेको हो।

महासंघले देशभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र पेश गर्दै खानेपानीमा लगाइएको कर छुट गर्न माग गरेको हो। 

गोरखाका खानेपानी महासंघका अध्यक्ष देवीप्रसाद श्रेष्ठले सोमबार प्रमुख जिल्ला अधिकारी रामु कडरियामार्फत एक ध्यानाकर्षण पत्र पठाएका छन्। जिल्लाका विभिन्न खानेपानी उपभोक्ता संस्थाबाट आएका प्रतिनिधिहरूले कर छुटको माग गर्दै ज्ञापन पत्र पेश गरेका हुन्। 

‘संयुक्त राष्ट्रसंघको महासभाले २८ जुलाई २०१० मा खानेपानीलाई मानव अधिकारका रूपमा परिभाषित गरेको छ। नेपालको संविधानको धारा ३५, उपधारा ४ मा खानेपानीलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ’, प्रधानमन्त्रीसमक्ष पेश गर्न बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘खानेपानी उपभोक्ता संस्था, समितिहरू गैरनाफामुलक संस्था हुन्। उनीहरूले आयोजना मर्मतसम्भार गर्न संकलन गरेको धेरथोर रकमको पनि सरकारले कर लिन्छ। आयकर ऐन २०५८ को दफा १० ९ट० मा जलस्रोत ऐन २०४९ बमोजिम दर्ता भएका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले संकलन गरेको रकममा करछुट हुने व्यवस्था थियो। तर आर्थिक विधेयक २०८१ को दफा ३६ (२) ले कर छुटको व्यवस्था हटाई कर असुल गर्न थालेको छ।’ 

सो कर मिनाहा गरिदिन खानेपानी उपभोक्ता महासंघले माग गरेको हो।