२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुमा पनि बाँझोपनको समस्या बढ्यो

अ+ अ-

चितवन । गाई र भैँसीमा बाँझोपना (बाली नजाने) समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो । 

गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । अध्ययनमा सहभागी पशु चिकित्सक डा.रविन वस्ताकोटीका अनुसार ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको छ । पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखा पर्ने बस्यालले बताए । उनले भने, “यस्ता समस्या भएका पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सकलाई समेत जोखिम हुनसक्छ । प्रजननमा विकृतिहरू देखिन सक्छ ।”

यस्तै अध्ययनका क्रममा पशुको पाठेघरको सामान्य सङ्क्रमण २८ दशमलव १२ प्रतिशत, पाठेघर सुनिने समस्या १० प्रतिशत, पटकपटक बाली खोजिरहने समस्या १० दशमलव ६३ प्रतिशतमा देखिएको छ । बस्ताकोटीका अनुसार पाठेघरको मुख सुनिने समस्या सात दशमलव ५० प्रतिशत, डिम्बमा पानीको फोका बन्ने तीन दशमलव ७५ प्रतिशत र पाठेघरमा पानी जम्ने समस्या तीन दशमलव १२ प्रतिशत भेटिएको छ ।

उन्नत जातमध्ये होलस्टेन जातको गाईमा सन्तुलित आहाराको कमीका कारण सामान्यभन्दा बढी दुब्लो देखिने गर्दा थारोपन निम्तिएको उनले बताए । जसका कारण गाईहरूमा अण्डासयको सामान्यतया चल्ने ऋतुचक्र निष्क्रिय भएको भेटिएको छ ।

सामान्यतया ऋतुचक्र २१ दिन चल्ने भन्दै उनले गाई ब्याएको एक सय दिनमा बाली जानुपर्नेमा अहिले एक सय २५  दिनमा पनि ऋतु चक्रमा नआएको देखिएको उनको भनाइ छ । केही गाईहरू एकपटक ब्याएपछि पाँच वर्षसम्म पनि गर्भधारण नगरेको पाइएको उनले बताए । उन्नत नश्लका कोरली बाछी १८ महिनामा पहिलोपटक ऋतुकालमा आउनुपर्नेमा २६ महिनासम्ममा पनि नआएको पाइएको छ । उनले भने, “अधिकांश गाई, भैँसी ब्याएको २१ महिनासम्ममा पनि ऋतु चक्रमा प्रवेश नगरेको पाइएको छ ।”

शरीरमा रगतको मात्रा कम हुने, रगतमा हेमोग्लोविनको कमी, शारीरिक अवस्था दुब्लो, जुकाको सङ्क्रमणलगायत कारण पनि पशु चौपायामा बाँझोपना देखिने बस्ताकोटीले बताए । उन्नत जातको गाईभैँसीपालन गर्दा आहारमा ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताए ।

आहारमा हरियो घाँस, कोशे जातका घाँस दिनु आवश्यक रहेको भन्दै उनले सङ्क्रामक रोगको निदानका लागि पालिका र पशु सेवा कार्यालयले ध्यान दिनुपर्ने बताए। खनिजको कमीलाई आपूर्ति गर्न खनिज परिपूरक खाद्य सामग्री पशुलाई दिनुपर्ने हुन्छ ।