२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवाल इन्टरनेशनल कलेजका प्रकाश सुवालविरुद्ध साढे तीन करोड बिगो र सवा करोड जफतसहित मनी लाउण्डरिङ्ग मुद्दा दर्ता

अ+ अ-

भक्तपुर । सुवाल इन्टरनेशनल कलेजले शिक्षा मन्त्रालय, विश्वविद्यालय तथा प्राविधिक शिक्षा परिषदबाट अनुमति नलिई गैर कानुनी रूपमा विद्यार्थी भर्ना गरी ठगी गरेको उजुरीका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रकाश सुवालविरुद्ध मुद्दा दर्ता गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रकाशित समाचारका आधारमा उजुरी दर्ता गरी प्रारम्भिक अनुसन्धान गर्दा, प्रकाश सुवालले दर्ता नभएको कलेजको नाममा विद्यार्थी र अभिभावकबाट असंवैधानिक रूपमा शुल्क संकलन गरी रु ३ करोड ३६ लाख ६५ हजार १५० बराबरको सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको जनाएको छ।

सो रकम सुवाल इन्टरनेशनल कलेजको नाममा भक्तपुरको प्रभु बैंकमा रहेको खाता मार्फत कारोबार गरिएको र त्यस्तो गैर कानुनी रूपमा प्राप्त रकमलाई स्वीकृति र प्रयोग गरेको भेटिएको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम प्रकाश सुवालमाथि जरिवाना तिर्नुपर्ने र कैद सजायको माग गरिएको छ। साथै, उक्त खातामा रहेको रु १ करोड २० लाख १३ हजार ९ सय ६९ रकम पनि जफत गर्न जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले अदालतमा माग गर्दै अभियोग पत्र दायर गरेको छ।

भक्तपुर जिल्ला अदालतमा मिति २०८२।०३।२९ गते दर्ता भएको यस मुद्दाले अवैध कलेजद्वारा हुने ठगी र वित्तीय अनियमितताको विषयमा थप कानुनी कारबाहीको मार्ग प्रशस्त गरेको छ।

सरकारी निकायहरूबाट अनुमति नलिएको कलेज सञ्चालन गरेर विद्यार्थीलाई ठगी गर्ने कार्यविरुद्ध कडा निगरानी तथा कारबाहीको आवश्यकतामा यस घटनाले पुनः जोड दिएको छ।