२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मन्त्रीको एक वर्षे उपलब्धि सार्वजनिक

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत मन्त्री ठकुरीले ३१ असार २०८१ वन तथा वातावरण मन्त्रीमा नियुक्त भएयता मन्त्रालयमार्फत भएका कामहरूको विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्रालयले विगतको एक वर्षमा देश र वन क्षेत्रको सन्तुलित विकास गर्न सफल भएको उनको दाबी छ । मन्त्री ठकुरीले हरित अर्थतन्त्रको दिशा अवलम्बन गर्दै आवश्यक कानुनी सुधार भएको बताए ।

‘काठको उत्पादनमा वृद्धि गरी काठमा देशलाई आत्मनिर्भर बनाउनका लागि हामी केन्द्रित भएका छौँ । वनभित्र रहेका सुकेका तथा कुहिएका काठको उपयोग गरी वन क्षेत्रलाई सफा र काठको उपयोगलाई बढावा दिने लक्ष्य राखेका छौँ,’ उनले भने ।

उनले भने, ‘यो वर्ष वन उद्यमशीलता र रोजगारीमा पनि वृद्धि भएको छ । यो वर्ष ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ ।’

उनले नीतिगत तथा प्रक्रियागत सुधार गरी वन तथा वातावरण मन्त्रालयको सेवामा सुधार गरिएको बताए ।

उनले वन, वातावरण संरक्षण र जलवायु कार्य गर्नको लागि वैदेशिक अनुदानका लागि सम्झौता भएको उल्लेख गरे ।

मन्त्री ठकुरीले आफ्नो एक वर्षे कार्यकाल औसत रूपमा सफल भएको दाबी गरे ।

उनले हिमाली क्षेत्रका जीविकोपार्जनका लागि यार्सागुम्बाको निकासीका लागि निर्देशिका तयार पारी कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए ।

मन्त्री ठकुरीले मुलुकलाई काठमा आत्मनिर्भर बनाउनमा मन्त्रालय केन्द्रित रहेको बताए ।

उनले यस अवधिमा कार्बन व्यापारमा ऐतिहासिक सफलता हासिल भएको बताए ।

उनले परियोजना विकास तथा परियोजना वित्त नेपाल भित्र्याउन विशेष पहल भएको जानकारी दिए ।