२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकैदिन पाँचपोखरी थाङपालमा दुई झोलुङ्‍गे पुल उद्घाटन

अ+ अ-

काठमाडौँ । काभ्रेको पाँचपोखरी थाङपाल गाउँपालिकामा एकैदिन दुई वटा झोलुंगे पुलको उद्घाटन गरिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका-१, २ र ६ वडाको सिमानामा पर्ने इन्द्रावती नदीमाथि निर्माण गरिएको गुफाडाँडा-इन्द्रावती झोलुङ्‍गे पुल र वडा नम्बर ४ थाङपालकोटको महभीर र वडा नम्बर ६ थाङपालधापको लेखर्क, मुडे जोड्ने हाँडी खोलामा निर्माण गरिएको झोलुङ्‍गे पुलको उद्घाटन गरिएको हो ।

इन्द्रावती नदीमाथि बनेको पुलको उद्घाटन पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले संयुक्त रूपमा गरेका हुन् ।

यसैगरी हाँडी खोलामाथि निर्माण गरिएको झोलुङ्‍गे पुलको उद्घाटन पूर्वखेलकुदमन्त्री दावा तामाङ र गाउँपालिका अध्यक्ष टासी लामाले गरेका हुन् ।

पुल सञ्चालनमा आएपछि यस क्षेत्रका बासिन्दाले दैनिक आवतजावत, तथा सामाजिक क्रियाकलापमा उल्लेखनीय सहजता अनुभव गर्ने पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले बताए । पुलले भौतिक रूपमा दुई ठाउँलाई जोड्ने मात्र नभएर यहाँका जनताको जीवनशैली, आर्थिक गतिविधि र सामाजिक सम्बन्धमा गहिरो प्रभाव पार्ने उनको भनाइ छ ।

हाँडी खोलामा निर्माण गरिएको झोलुङ्‍गे पुलको उद्घाटन गर्दै पूर्वमन्त्री दावा तामाङले स्थानीय जनताको धेरै वर्षदेखिको सपना पूरा भएको बताए । आवश्यकतालाई मध्यनजर गर्दै स्रोत सुनिश्चित गरेर पुल निर्माण भएको जानकारी दिए ।