२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशमा हिंसात्मक झडप, चार जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीबुर रहमानको गृहमनगर गोपालगन्जमा बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ ।

अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसको कार्यालयले गोपालगन्जमा कर्फ्यु लगाएको छ ।

छात्रहरूको नेतृत्वमा रहेको नेशनल सिटिजन पार्टी (एनपीसी) को प्रदर्शनका क्रममा यो घटना भएको हो । गत वर्षको जुलाई–अगष्टमा छात्रहरूको नेतृत्वमा हिंस्रक आन्दोलन भएको थियो । आन्दोलन उग्र बन्दै गएपछि गत वर्षको ५ अगष्टमा हसिनाको सरकार अपदस्थ भयो । आन्दोलनको नेतृत्व गर्ने विद्यार्थीहरूले गत फेब्रुअरीमा एनपीसी नामको राजनीतिक दल गठन गरेका थिए ।

स्थानीय मिडियाका अनुसार शेख मुजीबुर रहमानको गृहनगर हसिनाका समर्थक सैयौं प्रहरीसँग भिड्दा रणमैदान बनेको थियो । शवलाई अस्पताल पुर्‍याइएपछि चिकित्सकहरूले मर्नेहरूमा गोली लागेको बताएका छन् । अरु पनि गोली लागेर घाइते भएको र उनीहरूको उपचार भइरहेको छ ।

एनसीपीमाथि आक्रमण गर्नेलाई सजाय दिनबाट पछि नहट्ने चेतावनी दिएका छन् ।