२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्वास्थ्यमा सुधार नभए नागरिकलाई गणतन्त्रको महसुस हुन्न’-स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार नगरे नागरिकले गणतन्त्रको महसुस गर्न नसक्ने टिप्पणी गरेका छन्। 

आइतबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकाको देउरालीमा रहेको प्राथमिक अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। 

‘स्वास्थ्य उपचार नागरिक जीवनको आधारभूत आवश्यकता हो। जसको हरेक दिन जसो महत्त्व हुन्छ। त्यसैले गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको दायित्व हो,’ मन्त्री पौडेलले भने, ‘यसैले स्वास्थ्यमा सुधार नगरे नागरिकले गणतन्त्र आएको महसुस गर्ने छैनन्।’

उनले स्वास्थ्य र शिक्षाजस्ता राज्यको प्रमुख दायित्व रहने सेवाहरू अझैँ गुणस्तरीय रूपमा प्रत्याभूत हुन नसकेको बताए।

स्वास्थ्यकै प्रशंगमा उनले बालबालिका र बृद्धबृद्धाको स्वास्थ्य उपचारको भार राज्यले लिनुपर्ने पनि बताए।