काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सामान्यतया सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सम्भावित कार्य व्यस्तताका कारण आजै बसिरहेको हो ।
प्रशासन विशेष स्रोतका अनुसार, प्रधानमन्त्री ओलीको भोलिको कार्यतालिका व्यस्त रहने भएकाले बैठक आइतबार नै आयोजना गरिएको हो।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक र नीतिगत विषयमा छलफल हुने छ।







