काठमाडौँ । बागमती प्रदेशमा काँग्रेस संसदीय दलको नेताविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आह्वान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि विवाद मिलाउन हेटौँडा आएका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी, मुख्यमन्त्री लामा र बानियाँसँगको संयुक्त छलफलपछि बैठक भोलिका लागि सारिएको स्रोतले जानकारी दिएको छ ।







