काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले बढेको छ। बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६.२५ अंकले बढेर ३००८.३३ विन्दुमा पुगेको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेको छ।
प्रि-ओपन सेसनमा ७६ स्टकको ७० हजार २९४ कित्ता सेयर ४ करोड ६३ लाख रुपैयाँमा खरिदबिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ४१ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।







