२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर भर्ना भएका मेयर भट्टराईको अनसन नतोड्ने अडान

अ+ अ-

काठमाडौँ। स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् ।

उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएको छ । हिजो राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको थियो ।

गत साउन ११ गतेदेखि सात बुँदे माग राखेर माइतीघर मण्डलामा अनसन सुरु गरेका भट्टराईले माग पूरा गर्नुपर्ने तीन दिनको अल्टिमेटम दिएका थिए । तर, तीन दिनमा पनि माग पूरा नभएपछि हिजोबाट भने आमरण अनसन सुरु गरेका थिए ।

आमरण अनसन सुरु भएपछि उनको स्वास्थ्यमा समस्या आएको हो । हिजो राति अस्पताल भर्ना भएका भट्टराईले बिहानैबाट डक्टरहरूलाई डिस्चार्ज गरिदिन माग गरेका थिए । आफू माइतीघरमै आमरण अनसन बस्ने भन्ने माग डक्टरहरूसँग गरे पनि उनलाई डाक्टरहरूले डिस्चार्ज दिन मानेनन् । स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने भन्दै डाक्टरले डिस्चार्ज दिन नमानेपछि भट्टराई समर्थकहरूले अस्पतालमै विरोध जनाएका थिए ।

अहिले भने स्वास्थ्यको जिम्मा आफैँले लिने गरी कागज गरिसकिएको भट्टराईका एक सहयोगीले बताए ।