२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिए एमालेले सरकार छाड्ने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ ।

यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री काँग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् ।

छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन लगाउने सम्मका चर्चा भएको छ ।

बैठकमा एमाले अध्यक्षसमेत रहेका ओली, काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार काँग्रेस सभापति देउवाले मुख्यमन्त्री लामालाई आजै काठमाडौँ बोलाएका छन् । लामा पनि देउवालाई भेट्न आउँदै गरेको ती नेताले बताए । देउवाले लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नेसमेत बैठकमा छलफल भएको छ । मुख्यमन्त्री लामाले पनि आफू काठमाडौँ आउँदै गरेको बताए ।

एमालेले पनि पहिला काँग्रेसले नै आन्तरिक किचलो मिलाओस् भन्ने धारणा बैठकमा राखेको थियो । यदि देउवाको आग्रह पनि नमाने लामालाई दिएको समर्थन फिर्ता लिँदै एमालेले सरकार छाड्नेसम्मको विकल्पमा दुई दलबीचको कुराकानी भएको छ । पार्टी प्रदेश संसदीय दलको नेताको हैसियत गुमाए पनि बागमती प्रदेशका मुख्यमन्त्रीबाट लामाले राजीनामा दिएका छैनन् ।

काँग्रेसको प्रदेश संसदीय दलको बुधबार सम्पन्न निर्वाचनबाट लामाको स्थानमा सांसद इन्द्रबहादुर बानियाँ दलको नेता चयन भएका छन् । प्रदेशसभामा काँग्रेसका ३७ सांसदमा बानियाँको पक्षमा २२ र लामाको पक्षमा १४ मत परेको थियो । एक मत बदर भएको थियो ।

दलको नेता गुमेपछि लामामाथि नैतिक र राजनीतिक प्रश्न एकैसाथ उब्जिए पनि उनी राजीनामा दिने सोचमा छैनन् ।